पूर्व राष्ट्रपतिका पीडा
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको काम गराइप्रति असन्तुष्टि जनाउँदै सरकारले जनतालाई राम्रोसँग सर्भिस डेलिभरी दिन नसकेकोमा चित्त दुखाउन थाल्नुभएको छ । भण्डारीले प्रधानमन्त्री केपी ओलीलाई साँघुरो घेरामा पारेर जनताबाट कटाउँदै लानेको सूचीमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालको हात रहेको गुनासोसमेत गर्न थालेको दाबी स्रोतको छ । बहुदलीय जनवाद (जबज) को स्पिरिटअनुसार पार्टी सञ्चालन नभएको भन्दै यी दुबै नेताप्रति उहाँमा चर्को असन्तुष्टि देखिन्छ ।
एमालेको सक्रिय राजनीतिमा आउने चर्चा चलेसँगै उहाँलाई भेट्न जाने एमाले नेता तथा कार्यकर्ताको पंक्ति पनि विस्तारै बाक्लिँदै छ । यसरी भेटघाट गर्न केही हाकाहाकी जाने गरेका छन् भने केहीले मास्क लगाएको पाइन्छ । यसै मेसोमा ५ दिनअघि केन्द्रीय लेखा आयोगका सदस्य अशोक खड्का गएका थिए । उनी सिराहा जिल्लाका हुन् । लेखा आयोगको सदस्य हुनुपूर्व मधेश प्रदेश कमिटीमा थिए । सहिद परिवारका कार्यकर्ता हुन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू