पूर्वमन्त्री दम्पती नाइट क्याम्पको लागि जंगलतिर

पूर्वमन्त्री दम्पती नाइट क्याम्पको लागि जंगलतिर
सुन्नुहोस्

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती जलजला पदयात्रामा निस्केका छन् । 

पुन दम्पतीसहित लुम्बिनी प्रदेश प्रमुख कृष्ण घर्ती,प्रदेश पर्यटनमन्त्री विक्रम पाण्डे,प्रदेश सांसद दिपेन्द्र पुन सिजल,रोल्पास्थित विभिन्न स्थानीय सरकारका प्रमुख, सुरक्षा निकायका प्रमुख, कवि तथा कलाकारको जम्बो टोली चार दिने यात्रामा निस्केको हो । 

बिहान सदरमुकाम लिवाङदेखि यात्रा शुरु गरेको टोली ओख्रेनी पुगेका छन् । उनीहरु आज त्यतै बास बस्ने बुझिएको छ । भोलि जलजला, पर्सि थवाङ र चौथो दिन पुनः लिवाङ पुग्ने टोलीको योजना छ । 

उनीहरुले यात्राको क्रममा मगर संस्कृति झल्किने स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुतीको अवलोकन गर्नेछन् । त्यस्तै सबैले जलजलामा नाइट क्याम्प गर्नेछन् ।

टिप्पणीहरू