पत्रकारको निर्वाचन तालिका हेरफेर
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका समान्य परिवर्तन भएको छ । महासंघले विज्ञप्ति जारी गर्दै आज हुने भनिएको मनोनयन दर्ता शनिबारको लागि सारेको हो ।
नयाँ कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ता हुनेछ भने राती ८ बजे उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारविरुद्ध दाबी विरोधको लागि आइतबार बिहान ११ बजेसम्मको समय तोकिएको छ । यदि कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गते बिहान ११ बजेसम्म समय दिइएको छ । सोही दिन दिउँसो २ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने महासंघले जनाएको छ ।
मतदान भने असार २२ गते बिहान ९ देखि साँझ ५ बसेसम्म हुनेछ ।

टिप्पणीहरू