महाभारतमा ‘उज्यालो’ झमेला

महाभारतमा ‘उज्यालो’ झमेला

जिल्लाको विकट महाभारत गाउँपालिकामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । बत्तीमुनिको अँध्यारो भनेजस्तै सदरमुकामबाट केही किलोमिटर टाढा रहे पनि हालसम्म केन्द्रीय प्रसारण लाइन पुग्न सकेको थिएन । सडक, शिक्षा, बिजुली, स्वास्थ्यलगायत आधारभूत आवश्यकतासमेत पूरा हुन नसकेका विकट पालिकाहरू स्थानीय संरचनासँगै सुगम बन्न थालेका छन् । त्यसको नमुना महाभारत गाउँपालिका भएको छ । ३ हजार ४ सय १७ घर धुरीले बिहीबारबाट बिजुली बत्ती उपभोग गर्न पाएका छन् । खानीखोला गाउँपालिका अझै पूर्ण विद्युतीकरणबाट वञ्चित छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित बिजुली निर्यात गर्न लागेको बताउँदै बिजुलीको उपभोग बढाउन, लागत कम गर्न र निर्यातमार्फत मुलुक समृद्ध बनाउन प्रयत्न जारी रहेको बताए । अति विकट मानिएको महाभारत गाउँपालिका विद्युतको केन्द्रीय प्रसारण लाइनसँग जोडिएर उज्यालोमा बस्न पाउँदा हर्षित भएको अध्यक्ष जिम्बाले बताए । ‘सामान्यभन्दा सामान्य आवश्यकताका लागि पनि बत्तीको आवश्यकता थियो, विकासको नयाँ युगमा प्रवेश गर्दासमेत गाउँपालिकाका नागरिक अन्धकारमा बस्न बाध्य थिए,’ जिम्बाले भने–‘संघीयताले विकासको नयाँ मुहार फेर्न सफल भएको छ । पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रूपैयाँ महाभारत र खानीखोलाका लागि ४३ करोडमा सम्झौता भएको थियो । महाभारतमा मात्रै ५० करोडभन्दा धेरै पूर्ण विद्युतीकरणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ ।

‘२०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित सांसदहरू गंगाबहादुर दोङ, गोकुलप्रसाद बाँस्कोटा, रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्तेललगायतलाई महाभारत पु‍¥याएर डाँडापारीका समस्या बुझायौं’, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने, ‘महाभारत र खानीखोलाबासीलाई अँध्यारोबाट मुक्त गरी उज्यालोमा बस्न पाउने अधिकार प्रत्याभूत गर्ने प्रतिबद्धता तत्कालै प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले जनायो । नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ ग¥यो ।’ रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भयो । तर पनि कोरोना महामारी तथा विविध कारण कार्य सम्पन्न हुन सकेको थिएन । जेठ ३१ गते विहिबारबाट सबै घरधुरीमा पहिलो पटक मीटर जडान गरी विद्युत उपलब्ध गराइएको छ । सबै घरमा बिजुली, खानेपानी तथा स्वास्थ्य, शिक्षा र सडकसहितका पूर्वाधार पु¥याउने गरी कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टले बताए ।

टिप्पणीहरू