त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण सुचारु

बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण सुचारु भएको छ । धावनमार्गको पिच उप्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । मर्मत सम्भारको काम सकिएपछि उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

‘धावनमार्गमा १० तहको कालोपत्रे हुन्छ । त्योमध्ये एक तह कालोपत्रे उप्किएको थियो । मर्मत सम्भारको काम सकिएपछि सञ्चालनमा आयो’, उनले भने । धावनमार्ग बिग्रिएपछि एअरपोर्ट पुगेका यात्रुहरु अलपत्र परेका थिए । 

यसअघि जेठ ११ गते पनि धावनमार्ग बिग्रिएको थियो । धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय बन्द गरिएको थियो ।

टिप्पणीहरू