रोल्पामा वडा सदस्यको निधन

रोल्पामा वडा सदस्यको निधन
सुन्नुहोस्

रोल्पामा एकजना जनप्रतिनिधिको निधन भएको छ । रुन्टीगढी गाउँपालिका–४ की वडा सदस्य सुपारी विश्वकर्माको निधन भएको हो ।

नेपाली काँग्रेसबाट निर्वाचित विश्वकर्माको आज बिहान घरमै निधन भएको पारिवारिक स्रोतले बताएको छ । पाठेघरको क्यान्सरले थलिएकी उनले केही समय यता चितवन र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आएकी थिइन् । 

यसअघि गत वर्ष असारमा पनि सोही वडाका अध्यक्ष टंक पुनको निमोनियाको कारण निधन भएको थियो । उनी पनि काँग्रेसबाटै निर्वाचित थिए ।

टिप्पणीहरू