पीएकै त यस्तो फूर्ति, अनि गृहमा हुन्न मनपर्दी ?

पीएकै त यस्तो फूर्ति, अनि गृहमा हुन्न मनपर्दी ?
सुन्नुहोस्

बाबुआमा, सासूससुरा र आफन्त पीएका उता दुरुपयोग हुन्छन् राज्यको बर्दी लगाएका । त्रिभुवन विमानस्थलमा गत साता यस्तै नसुहाउँदो दृश्य देखिएको छ ।

राज्यले मान–सम्मान दिनुपर्ने विभिन्न व्यक्तिका निम्ति सेवा, सुविधा र सुरक्षाको स्तर निर्धारण गरेको हुन्छ । तर, कोही व्यक्ति मन्त्रीको पीए हो भन्दैमा मन्त्रीको जत्तिकै सेवा र सुविधा, त्यो पनि उनका परिवारलाई नै दिनुपर्छ भन्ने छैन । गृहमन्त्री रवि लामिछानेका पीए दीपक बोहोरा विमानस्थल पुग्दा त्यहाँका प्रहरीको हस्याङफस्याङ कस्तो भने मानौं त्यहाँ देशका प्रधानमन्त्री र राष्ट्रपति नै सवार छन् । 

गत शनिबार साँझ ६ बजे कतार एयरलाइन्सको उडानबाट दोहा हुँदै अमेरिका जान लागेका पिए दीपकका आफन्त । अपराह्न ३ बजेतिर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा पुगे । भर्खरै डिआइजीमा बढुवा सिफारिस भएका कृष्णहरि शर्मा त्यहाँका सुरक्षा प्रमुख हुन् । फिल्ड अफिसर खटिएका डिएसपी हरि बस्नेतको हस्याङफस्याङ यस्तो थियो– श्वास फेर्ने फुर्सद पनि पाएनन् । किनभने, दीपकका परिवारसहित परिवारका सदस्यलाई सम्मान दिनुपर्ने थियो ।

डडेल्धुरा बस्ने आमा राधा, बुबा गोपाल, दाइ कविराज, चेतराज र भाइ सन्तोष दिपकको सदस्य हुन् । ३ जना अमेरिकी पासपोर्ट होल्डर र एक नाबालकसहित ६ जना नातेदार त्यसदिन अमेरिका जाने क्रममा थिए । मास्क लगाएर त्यहाँ पुगेका दिपकलाई प्रहरीले त्यही स्थितिमा चिन्नुपर्ने र उनका पछिपछि दौडिनुपर्ने थियो । अनि, घिमिरे थरका साथीसँग विशेष पास लिएर उनको परिवारका सदस्यलाई माथि र्‍याडिसनको लाउञ्जमा लगियो । बिजनेश क्लासको टिकट काटेका र अति विशिष्ट व्यक्तिका लागिमात्रै अनुमति हुने उक्त लाउञ्जलाई गृहमन्त्रीको पीएका आफन्तले प्रयोग गरेका थिए । 

मन्त्रीको मामुली पीए दीपक बोहोराहरुले मात्रै पनि यस्तो सत्तासुख पाउने भएपछि किन रविले मन्त्री पद छाड्न मान्थे ? उता, ग्यालेक्सी टिभीमा हिमालयन बैंकको कार्यक्रम चलाउँछु भनेर सम्झौता गरी रविका मान्छे विपिन आचार्यसहितले आधी करोड भुस बनाइदिएपछि जिल्ला अदालतमा मुद्दा परेको छ  । गृह मन्त्रालय चलाउनेले लिएको पैसामा न सम्झौताबमोजिमको काम गर्ने, न त फिर्ता गर्ने कुरा कत्तिको सुहाउँछ ? बैंकका कर्मचारीहरु गुनासो गरिरहेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू