जापानी विदेशमन्त्री व्यस्त भ्रमणमा

जापानी विदेशमन्त्री व्यस्त भ्रमणमा
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री कामिकावा योको बसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेकी छन् । 

आज बिहान विशेष विमानबाट काठमाडौँ ओर्लिएकी उनी अपरान्ह कुमारी घर र कालभैरव मन्दिरको अवलोकनका लागि वसन्तपुर पुगेकी हुन् । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । 

बसन्तपुर जानुअघि उनले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमै भेटवार्ता गरेकी थिइन् । अपरान्ह ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर सवा ५ बजे राष्ट्रपतिसँग भेट्न शीतल निवास पुग्ने कार्यक्रम छ । 

साँझ ७ बजे उपप्रधानमन्त्री श्रेष्ठले आयोजना गरेको रात्रिभोजमा सहभागी भएर विदेशमन्त्री योको राति साढे १० बजे काठमाडौँबाट जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


 

टिप्पणीहरू