खाइवरी इलाममा मत गन्न थालिने, बझाङमा दिउँसोदेखि कदम चालिने

खाइवरी इलाममा मत गन्न थालिने, बझाङमा दिउँसोदेखि कदम चालिने

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज गरिँदै छ । इलाम २ का सबै केन्द्रको मतपेटिका संकलन भएपछि आज बिहानलाई सर्वदलीय बैठक डाकिएको थियो । बैठकमा बिहानको खाना खाएपछि ११ बजेदेखि मतगणना गर्ने सहमति भएको छ । 

इलामको मतगणनाको थालनी फाकफोकथुम गाउँपालिकाको मतपेटिकाबाट गरिने सर्वदलीय बैठकको निर्णयमा उल्लेख छ ।

बझाङमा दिउँसोसम्म सबै मतपेटिका संकलन गरेपछि मतगणनाको तयारी गर्ने बताइएको छ । बझाङको सैपाल गाउँपालिकाका तीनवटा केन्द्र बाहेक अरू सबै मतदान केन्द्रको मतपेटिका हिजो राति नै सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । सैपालका मतपेटिका भने केहीबेरपछि हेलिकोप्टरमा ल्याईंदै छ ।

मतगणना सुरू भएको १२ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

टिप्पणीहरू