खट पुर्याएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

खट पुर्याएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु
सुन्नुहोस्

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदै छ । अपरान्ह ४ बजेको समयमा मच्छिन्द्र बहालबाट भगवान आर्यावलोकितेश्वर करुणामय (सेतो मच्छिन्द्रनाथ) को मूर्ति खटमा राखेर तीनधारा पाठशाला नजिकै पुर्याइने छ । 

साँझ ५ बजेको साइतमा रथलाई अघि बढाएर घण्टाघर, जमल, रत्नपार्क, भोटाहिटी हुँदै राति असनसम्म पुर्याउने जात्राको पहिलो दिनको कार्यक्रम छ । भोलि बेलुकी ५ बजेदेखि रथ असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पुग्ने छ ।

पर्सि साँझ ४ बजे रथलाई हनुमानढोकाबाट चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनटोल पुर्याइने छ । शुक्रबार साँझ साढे ५ बजे लगनको ठूलो रुख परिक्रमा गराइन्छ ।

भोलिपल्ट शनिबार साँझ साढे ५ बजे रथलाई लगनबाट ज्याबहाल द्यः, यूतुननि, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहाल पुर्याएपछि जात्रा सम्पन्न हुने छ ।

जात्राको समयमा तोकिएको रुटमा सवारी पार्किङ नगरिदिन र सवारी साधन नचलाउन, फुटपाथ व्यवसाय नगर्न अनुरोध गरिएको छ ।
 

टिप्पणीहरू