सिओलस्थित दूतावास बुधबार बन्द

सिओलस्थित दूतावास बुधबार बन्द
सुन्नुहोस्

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावास पर्सि बन्द हुने भएको छ । मजदुर दिवसको सार्वजनिक बिदा परेकाले वैशाख १९ गते दूतावास बन्द गरिने भएको हो । 

‘मजदुर दिवस’ को अवसरमा २०८१ साल वैशाख १९ गते (तदनुसार मे ०१, २०२४) बुधबारका दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, आज जारी सूचनामा उल्लेख छ । 

मजदुर दिवस हरेक वर्षको मे १ मा मनाइन्छ । मजदुर युनियनको आन्दोलनबाट शुरु भएको उक्त दिवसले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामका लागि वकालत गर्दछ । यस दिन अधिकांश मुलुकमा सार्वजनिक बिदा दिइन्छ ।

टिप्पणीहरू