नेपाल प्रहरीका दुईजना एसएसपी डिआईजीमा सिफारिस

नेपाल प्रहरीका दुईजना एसएसपी डिआईजीमा सिफारिस

नेपाल प्रहरीको प्राविधिक समूहका दुई जना एसएसपी डिआइजीमा बढुवा हुने भएका छन् । बढुवा समितिको सचिवालय बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको बताइएको छ ।

सिफारिस भएकामा केनाइन उपसमूहतर्फका डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटरतर्फका इन्जिनियर नवीन्द्र अर्याल छन् । 

क्याबिनेट बैठकले गत चैत २२ गते प्रहरीमा प्राविधिक तर्फका लागि डिआइजीको दुई विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम गुरुङ र अर्याल सिफारिस भएका हुन् ।

टिप्पणीहरू