चैतेदशैंमा प्रहरीको मौलो पूजा

चैतेदशैंमा प्रहरीको मौलो पूजा

नेपाल प्रहरीको मुख्यालय नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ मा रहेको मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मौलो पूजाका साथै निशानमा पञ्जा छाप लगाएका छन् । 

मौलोपूजाका अवसरमा विशेष कार्य गरेका प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी र नगद पुरस्कार एवम् प्रहरी हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरिएको छ । मौलो पूजामा हेडक्वार्टरका अधिकांश वरिष्ठ प्रहरी अधिकृतहरु सहभागी भएको बताइन्छ ।

पूजापछि नक्सालबाट निशान मूलकोत हनुमानढोका लगिएको हो । नेपाल प्रहरीले हरेक वर्ष बडा दशैँ र चैते दशैंमा मौलो पूजा गर्दै आएको छ ।

नेपाली सेनाले पनि आजै काठमाडौंको हनुमानढोकाभित्र चैतेदशैं पूजा गरेको छ । अष्टमीको दिन रणभैरव गणभित्र रणभैरव गणको चैते दशैं मूल समारोह समितिको आयोजनामा सेनाको निशान पूजा गरिएको हो ।

समारोहमा उपस्थित वरिष्ठ अधिकारीहरुबीच शुभकामना आदानप्रदान गरिएको थियो ।
 

टिप्पणीहरू