पत्रकारिता क्षेत्रका गैरनाफामूलक संघसंस्थालाई सरकारी अनुदान

पत्रकारिता क्षेत्रका गैरनाफामूलक संघसंस्थालाई सरकारी अनुदान
सुन्नुहोस्

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘पत्रकारितासँग सम्बन्धित संघ संस्थाहरुलाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । 

पत्रकारिताको क्षेत्रसँग सम्बद्ध संस्थाहरुको विकासमा सहयोग पुर्याउन तथा अनुदान वितरणसम्बन्धी कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उक्त कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । 

कार्यविधिमा पत्रकारिता, सञ्चार र सूचनाका क्षेत्रमा काम गर्ने गैरनाफामूलक संघसंस्थालाई अनुदान प्रदान गरिने उल्लेख छ । 

कार्यविधिले तोकेको विधि, प्रक्रिया तथा मापदण्डभित्र रहेर इच्छुक सरोकारवाला संस्थाहरुले आगामी १५ दिनभित्र कार्यक्रमको विस्तृत प्रस्ताव मन्त्रालयमा पेश गर्न सक्नेछन् । कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू