निगमले बुझायो अर्को किस्ता, ५ अर्बबढी भुक्तानी भइसकेको जानकारी

निगमले बुझायो अर्को किस्ता, ५ अर्बबढी भुक्तानी भइसकेको जानकारी

नेपाल वायुसेवा निगमले दुई वाइड बडी र दुई न्यारो बडी विमान खरिद गर्ने क्रममा लिएको ऋणको अर्को किस्ता वापतको रकम भुक्तानी गरेको छ । गत चैत मसान्तसम्मको ५३ करोड, नौ लाख, ५५ हजार २८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाइएको छ ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणमध्ये न्यारो बडीको २०८० चैत महिनाको किस्ताबापत पूरा र वाइड बडीको आंशिक गरेर उक्त रकम भुक्तानी गरिएको हो ।

 

हालसम्म पाँच अर्ब ३६ करोड ६६ लाखभन्दा बढी भुक्तानी भइसकेको छ । कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा असर परेकाले सो अवधिको विभिन्न हर्जाना तथा ब्याज मिनाहा र ऋणको किस्ता संख्या बढाइदिन पनि ती संस्थालाई अनुरोध गरिएको छ ।

टिप्पणीहरू