कलंकीको भाटभटेनी स्टोरमा लागेको आगो नियन्त्रणमा

कलंकीको भाटभटेनी स्टोरमा लागेको आगो नियन्त्रणमा

काठमाडौंको कलंकी नजिकैको खसीबजार छेउमा रहेको भाटभटेनी डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । स्टोरको जेनेरेट नजिकै आगो लागेको बताइएको छ ।

आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगो लागेको खबरलगत्तै त्यहाँ पुगेका विभिन्न दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।

आगोबाट स्टोरको मुख्य भागमा कुनै क्षति नपुगेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू