लुम्बिनीमा ठूलो संख्यामा कर्मचारी आवश्यक

लुम्बिनीमा ठूलो संख्यामा कर्मचारी आवश्यक

लुम्बिनी प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारी नियुक्त गर्न लागेको छ । आज सूचना प्रकाशित गर्दै आयोगले अनमीसहित २७६ जना कर्मचारी मागेको हो । 

सूचनामा अनमी, वैद्य, ल्याब असिस्टेन्ट, अहेब, असिस्टेन्ट सबइञ्जिनियर, अमिन, खानेपानी तथा सरसफाई टेक्नोसियन, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिक, सहायक महिला निरीक्षक र सहायक कम्प्युटर अपरेटर मागिएको छ । 

योग्यता पुगेका इच्छुकले आगामी वैशाख २० गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर वैशाख २७ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू