उताका मुख्यमन्त्रीलाई थप १५ दिन हिरासतमा राख्न आदेश

उताका मुख्यमन्त्रीलाई थप १५ दिन हिरासतमा राख्न आदेश

भारतीय राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न आदेश दिइएको छ । स्थानीय राउज एभेन्यू कोर्टले मुख्यमन्त्री केजरीवाललाई अप्रिल १५ सम्म हिरासतमा राख्न आदेश दिएको छ ।

मदिरा नीति घोटाला प्रकरणमा मार्च २१ गते राति प्रवर्तन निर्देशनालयले उनलाई निवासबाट पक्राउ गरेको थियो । उक्त प्रकरणमा एक अर्ब भारतीय रुपैयाँ भन्दाबढी भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 

भारतमा लोकसभा चुनावअघि मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएकोमा विभिन्न अर्थ लगाइएको छ । विपक्षी दलले उनलाई राजीनामा दिन आग्रह गरेपनि प्रहरी हिरासतभित्रैबाट स्थानीय सरकार सञ्चालन गरेको बताइएको छ ।

टिप्पणीहरू