६२ औं तलामा बसेर करोडपतिहरुको ध्यान

६२ औं तलामा बसेर करोडपतिहरुको ध्यान
सुन्नुहोस्

चीनको यियु शहरको एउटा सबैभन्दा अग्लो भवनमा बुद्ध धर्मप्रति आस्था राख्नेका लागि सुविधा सम्पन्न ध्यान केन्द्र बनाइएको छ । सुनै सुनबाट निर्मित सिद्धार्थ बुद्ध र चिनियाँ बुद्ध मूर्ति राखिएको शहरको सबैभन्दा अग्लो भवनको उक्त तलामा धनाढ्यहरुले ध्यान गर्ने गरेको बताइन्छ ।

 

२५ बर्षको निरन्तर चोखो ब्यापार बाट आर्जित मुनाफा सदुपयोग गर्दै एउटी चिनियाँ ब्यापारी महिलाले  शुरु गरेको उक्त ध्यान केन्द्र लाखौं डलर खर्चिएर अग्लो भवनको करिव  ३ हजार वर्गमीटरमा फैलिएको छ ।

 

दक्षिण चीनको सान्यास्थित बौद्ध मन्दिरका गुरुको नेतृत्वमा शैक्षिक भ्रमणका लागि एउटा टोली गत हप्ता हाङ्चौ शहरस्थित बौद्ध मन्दिर गएको थियो । धनाढ्यहरुको उक्त टोलीलाई गुरुले नेपाल पुगेर बुद्ध जन्मस्थलको अवलोकन गर्न सल्लाह दिएका थिए । संयोगबस्,लुम्बिनीमा यही हप्ता चिनियाँ पहलमा शान्तिसम्वन्धी खेलकुद,ध्यान,म्याराथुन,सङ्गीतका कार्यक्रम हुँदैछन् । केही वर्षदेखि धनी चिनियाँहरू साँसारिक सुखभन्दा पनि बुद्ध ध्यानमा बढि केन्द्रित हुन थालेको उतैका गुरुको सान्निध्यमा रहेका नेपाली समाजसेवी ब्यापारी राजकुमार खड्काले जनआस्थालाई बताए ।

टिप्पणीहरू