भ्रष्टाचार मुद्दा लागेका काँग्रेस सांसदको निलम्बन फुकुवा

भ्रष्टाचार मुद्दा लागेका काँग्रेस सांसदको निलम्बन फुकुवा

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद फिर्ता भएको छ । 

संसद सचिवालयले गरेको निलम्बनविरुद्ध गुरुङले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

भ्रष्टाचार मुद्दा बोकेरै चुनाव लडेका गुरुङलाई संसद सचिवालयले १२ पुस २०७९ मा पदमुक्त गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च पुगेका थिए ।अदालतले उनको पक्षमा निर्णय सुनाएसँगै अब संसद बैठकमा सहभागी हुने बाटो खुलेको छ । सर्वोच्चको फैसला संघीय संसदमा लिखित रुपमा पुगेपछी गुरुङ अब बस्ने बैठकहरुमा सहभागी हुन पाउने छन् । 

यसअघि विशेष अदालतले उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्र लेखेर मनाङबाट निर्वाचित सांसद गुरुङलाई पदमुक्त गर्न भनेको थियो ।

टिप्पणीहरू