मिसन सकाएर नेपाली फौज स्वदेश फिर्ता

मिसन सकाएर नेपाली फौज स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ तैनाथ नेपाली फौज स्वदेश फर्किएको छ । 

सेनानी किशोरबहादुर अधिकारीको कमाण्डमा ‘युनाइटेड नेशन्स् मल्टीडाइमेशनल ईन्टिग्रेटेड स्ट्याबिलाइजेशन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक’ मा खटिएका २०३ जना सैनिक आज नेपाल फर्किएका हुन् । इथोपियन एअरलाइन्सको ईटी८८०८ उडान नम्बरमा अदिशाबाबा हुँदै बिहान ६ बजेर ५३ मीनेटमा सैनिक टोलि काठमाडौं उत्रिएको बताइएको छ । 

स्वदेश फर्किने टोलीमा श्री भवानीबक्स गण (शा.से.)–एचआरबीपी पाँचौं डफ्फाका १६१ जना, श्री सैनिक प्रहरी युनिट (शा.से.) आठौं डफ्फा रेन्फ्रोन्सका ३२ जना र घर बिदामा आउनेगरी १० जना रहेका छन् ।
 

टिप्पणीहरू