गृहमन्त्रीको बचाउ गर्दै प्रहरी प्रमुखले भने ‘सहकारी ठगीमा प्रमाण भेटिएन’

गृहमन्त्रीको बचाउ गर्दै प्रहरी प्रमुखले भने ‘सहकारी ठगीमा प्रमाण भेटिएन’
सुन्नुहोस्

नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्रीमाथिको आरोप पुष्टि हुने प्रमाण नभेटिएको जानकारी गराएका हुन् । लामिछानेविरुद्ध ठाडो उजुरी परेको तर अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएकाले कानुनी दायरामा ल्याउन आवश्यक नदेखिएको कुँवरको भनाई छ । 

त्यसअघि बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले गृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहँदाका बखत ग्यालेक्सी टेलिभिजनमा भएको सहकारीको लगानीबारे प्रश्न उठाएका थिए । ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको को कि होइन ? भन्दै उनले एक करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको विषयमा सोधखोज गरेका थिए । 

त्यसको जवाफमा आईजीपी कुँवरले अहिलेसम्मको तथ्य प्रमाणले लामिछाने दोषी ठहर हुने आधार नदेखिएको जिकिर गरे ।

टिप्पणीहरू