सेतीको ड्याम खोलिँदै, सतर्क रहन आग्रह

सेतीको ड्याम खोलिँदै, सतर्क रहन आग्रह
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय, कास्कीले सेती नदीको ड्याम पुन: खोल्ने भएको छ । नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजतलास गर्न ड्याम खोल्न लागिएको हो । 

भोलि दिँउसो १ बजेदेखि पोखरा महानगरपालिका १६, दिपस्थित ड्याम खोली नदीमा पानीको बहाब बढाएर युवकको खोजतलास गरिने कार्यालयले जनाएको छ । 

गत फागुन १८ गते वडा नम्बर ११ का सुगम बास्तोलाले वडा नम्बर ३ स्थित नदीपुर पुरानो पुलबाट सेती नदीमा फालहालेका थिए । उनको खोजतलास गर्न प्रहरीको उद्धार टोलीले फाुगन २२ गते ड्याम खोलेको थियो । पानीको बहाव बढाएर खोजतलास गर्दासमेत नभेटिएपछि प्रहरी त्यत्तिकै फर्किएको हो । 

कार्यालयका अनुसार पुनः सेती नदीको ड्याम खोलेर उनको खोजतलास गरिदिन निवेदन परेको छ । कार्यालयले आज सूचना जारी गर्दै सेती नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन र नदीको किनारमा नजान सूचित गराएको छ । 

‘मिति २०८०–१२–१५ गते दिँउसो १ बजेदेखि जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दिपस्थित रहेको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाई खोजतलास गर्नुपर्ने भएकोले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत् गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सुरक्षा सतर्कता अप्नाउनुहुन...’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू