दुई दर्जन ठेकेदार कालोसूचीमा

दुई दर्जन ठेकेदार कालोसूचीमा

तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने दुई दर्जन ठेकेदार कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । 

कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा आईएस कन्स्ट्रक्सन प्रालि, अरभाली इन्फापावर लिमिटेड, गणपति गु्रप अफ कन्स्ट्रक्सन प्रालि, सरस्वती निर्माण सेवा, धिताल बिल्डर्स, एके कन्स्ट्रक्सन, पञ्चपुरी कन्स्ट्रक्सन, देउती बज्यै निर्माण सेवा, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, प्रनिश इन्टरनेशनल प्रालि छन् । 

त्यस्तै, बलाजी निर्माण सेवा, मालिका कन्स्ट्रक्सन, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि, चम्पावती रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र प्रालि, पशुपति कन्स्ट्रक्सन प्रालि, न्यु प्रिसियल फेसन ओयर, प्रसाद कन्स्ट्रक्सन, क्यापिटल इन्टरप्राइज, क्रियटिभ विजनेश इन्टरनेशनल, बराह निर्माण सेवा, कोशी निर्माण सेवा, जुडिसियल पाथ एण्ड लिगल सर्भिल प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षदेखि तीन वर्षका लागि कालोसूचीमा परेका यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले उक्त समयावधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू