उपकुलपति नियुक्तिका लागि दोहोर्याएर दरखास्त

उपकुलपति नियुक्तिका लागि दोहोर्याएर दरखास्त

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त खुलेको छ । 

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै यसअघि स्थगित दुवै विश्वविद्यालयको दरखास्तसम्बन्धी प्रक्रिया पुनः शुरु गरेको जानकारी दिएको हो । 

‘उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको मिति २०८०-११-०६ गतेको निर्णयानुसार दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरिएकोमा समितिको मिति २०८०-१२-१२ गतेको निर्णयबाट उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिइएको छ,’ सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेभित्र कार्यालय समयभित्र दरखास्त दिन भनिएको छ । त्यस्तै, यसअघि गत माघ २५ गते प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरुलाई कार्यविधिबमोजिमको प्रक्रियामा समावेश गरिने समेत जनाइएको छ ।
 
दुवै विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट समितिले गत माघ २६ गते दरखास्त आह्वान गरेको थियो । तर, फागुन ६ गते एकाएक दरखास्त प्रक्रिया स्थगन गरिएको हो ।

 

टिप्पणीहरू