एसइईको उत्तरपुस्तिका परीक्षण नहुने डर

एसइईको उत्तरपुस्तिका परीक्षण नहुने डर

कक्षा १० का विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएको दुई साता हुँदैछ । असार महिनाभित्र परीक्षाफल प्रकाशित हुने भनी विद्यार्थी र अभिभावकहरु कुरेर बसेका छन् ।

तर,उत्तरपुस्तिका जाँच गर्ने शिक्षकहरुले पारिश्रमिक बढाउनुपर्ने माग राख्दै अन्यथा कापी नजाँच्ने चेतावनी दिएका छन् । शिक्षकसम्बद्ध संघसंगठनले उक्त परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी नहुने लिखित घोषणा गरेका छन् । 

नेपाल राष्ट्रिय शिक्षक संगठन,नेपाल शिक्षक संघ,एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील शिक्षक संगठनले रकम बढाउनुपर्ने माग गरेका छन् । चार संघ संगठनले संयुक्त रुपमा परीक्षा नियन्त्रकलाई बुझाएको ध्यानाकर्षण पत्रमा पारिश्रमिक वृद्धि नहुञ्जेल उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी नहुने चेतावनी दिइएको छ ।

२०७२ सालदेखि हालसम्म कपी परीक्षणको पारिश्रमिक वृद्धि नहुनु अन्यायपूर्ण भएको उल्लेख गर्दै उनीहरुले समयानुकूल पारिश्रमिक वृद्धि नहुञ्जेल उत्तरपुस्तिका नजाँच्ने अडान लिएका छन् । 

‘परीक्षा सञ्चालनकै क्रममा केन्द्राध्यक्ष, निरीक्षकको भत्तासमेत अत्यन्त न्यून देखिन्छ,’ लेखिएको छ, ‘पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यहोरा अवगत गराउँदै पुनः ध्यानाकर्षण गराउँदछौं ।’

टिप्पणीहरू