सनराइज सहकारीका पीडितलाई चितवन प्रहरीको आग्रह : उजुरी हाल्नुस्

सनराइज सहकारीका पीडितलाई चितवन प्रहरीको आग्रह : उजुरी हाल्नुस्

जिल्ला प्रहरी कार्यालय, चितवनले सनराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी आह्वान गरेको छ । भरतपुर महानगरपालिका ३, लायन्सचोकस्थित केन्द्रीय कार्यालय रहेको उक्त सहकारीमा निक्षेप रकम जम्मा गरेका पीडित बचतकर्ताहरुलाई उजुरी दिन आह्वान गरिएको छ । 

कार्यालयले लायन्सचोक, पार्वतीपुर, चनौली, विकासचोक र चितवनका निक्षेपकर्तालाई उजुरी दिन भनिएको छ । सहकारीका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापकसमेत विरुद्ध जाहेरी परेको उल्लेख गर्दै कार्यालयले छुटेका पीडित निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन सूचित गराएको छ । 

‘सनराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय सेवा केन्द्र पार्वतीपुर, चनौली र विकासचोक शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापकसमेतले सो सहकारीमा आबद्ध रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको भनि ठगीसम्बन्धी कसूरमा यस कार्यालयमा जाहेरी प्राप्त हुन आई हाल निजहरु उपर ‘ठगीसम्बन्धी कसूर’ मुद्दा शीर्षकमा अनुसन्धान कार्य जारी रहेकोले उजुरी दिन छुट्नुभएका निक्षेपकर्ताहरुले आजको मिति २०८०–१२–१२ गतेबाट १५ दिनभित्र यस कार्यालयमा उपस्थित भई उजुरी दिनुहुन यसै सूचनाद्वारा सूचित गरिएको व्यहोरा अनुरोध गरिएको छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू