नयाँ आयोग गठन, पुरानोको म्याद थप

नयाँ आयोग गठन, पुरानोको म्याद थप

सरकारले अनुचित लेनदेन तथा मीटरब्याज अपराध नियन्त्रणका लागि अर्को जाँचबुझ आयोग गठन गरेको छ । हिजोको क्याबिनेट बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । 

आयोगमा पूर्वएआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य रहेको बताइएको छ । आयोगलाई तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

सरकारले यसअघि सोही सम्बन्धमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पाँच हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको थियो । तर, पछिल्लो समय पुनः काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका पीडितहरुसँग सरकारले अर्को आयोग बनाउने सहमति गरेको हो ।

सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन थपेको छ । हिजोको क्याबिनेट बैठकले २०८० चैत्र २५ गतेसम्म आयोगको थप गर्ने निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू