राजश्व छलेका रक्सी मालिक फरार, भारत छिरेको आशंका

राजश्व छलेका रक्सी मालिक फरार, भारत छिरेको आशंका

शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार भएका छन् । आन्तरिक राजश्व छलेको आरोप लागेका प्रमोद भागेर भारत पुगेको बताइएको छ ।

सिरहाको गोलबजार नगरपालिका ९ स्थित शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेपछि उद्योगमा सिलबन्दी गरिएको छ । 

आन्तरिक राजस्व कार्यालय, लहानले उद्योग र गोदाम सिलबन्दी गरेपछि बयानका लागि बोलाएको थियो । बयानमा जानुअघि नै उनी भागेर भारत पुगेको बताइन्छ ।

टिप्पणीहरू