एसईईमा पाँँच लाख सहभागी, जापानमा पनि परीक्षा केन्द्र

एसईईमा पाँँच लाख सहभागी, जापानमा पनि परीक्षा केन्द्र
सुन्नुहोस्

चैत्र १५ गतेदेखि सुरु हुने यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अन्तिम चरणमा पुगेको छ । 

देशभर दुई हजार ५७ केन्द्र निर्धारण गरिएको जानकारी दिँदै राष्ट्रिय परीक्षा बोर्डले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बोर्डका अनुसार जापानमा समेत एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यहाँबाट २३ जना विद्यार्थीले जाँच दिनेछन् । 

यसवर्ष मुलुकभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । पाँच लाख प्रश्नपत्र छापिइसकेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । 

पाँच लाख चार हजार ४१४ विद्यार्थी फाराम भरे पनि केही विद्यार्थीको संख्या घट्न सक्ने उनको अनुमान छ । प्रश्नपत्रहरु ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाडौं जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने पौडेलले बताए । 

उनका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक–एक जना रहने छन् । 

तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएको केन्द्रमा एक सहयोगी र त्योभन्दा बढी भएका स्थानमा दुई सहयोगी खटाइने बोर्डको निर्णय छ ।

टिप्पणीहरू