जिबी राईलाई समातेर ल्याउन प्रधानमन्त्री सङ्ग हारगुहार

जिबी राईलाई समातेर ल्याउन प्रधानमन्त्री सङ्ग हारगुहार
सुन्नुहोस्

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले जिबी राईलाई पक्राउ गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । 

आज पोखरा महानगरको कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्नु भएका प्रधानमन्त्रीलाई उद्योग वाणिज्य संघको अमृत कक्षमा भेटेर सहकारी पीडितहरुले ज्ञापन पत्र बुझाएका हुन् । 

भेटमा जिबी राईलाई चाँडो पक्राउ गरेर आफूहरुको बचत रकम फिर्ता गराइदिन आग्रह गरेको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । उनका अनुसार प्रचण्डले जवाफमा पीडितहरुको वचत रकम चाँडै फिर्ता हुने आश्वासन दिनुभएको छ । 

संयोजक श्रेष्ठले भनेका छन्,  प्रधानमन्त्रीज्यूसँग कुरा राखेका छौँ । सूर्यदर्शन सहकारीका प्रमुख जिबी राईलाई तुरुन्त पक्राउ गरिदिन आग्रह गर्यौँ । उहाँले पनि छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

स्मरण रहोस्,सूर्यदर्शन सहकारीमा मात्रै जिबी राईले १ हजार ३५ बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेर फरार छन् । 

पीडितहरुले उनीसहित १९ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । तर अहिलेसम्म ५ जना मात्रै पक्राउ परेका छन् ।

पीडितहरुले माघ २२ गते पनि दोस्रो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ व्यक्ति र कम्पनीविरुद्ध जाहेरी दिएका थिए । तर लामिछाने अहिले गृहमन्त्री बनिसकेका छन् ।
 

टिप्पणीहरू