शेर्पा समुदाय ग्याल्पो ल्होसारमा व्यस्त

शेर्पा समुदाय ग्याल्पो ल्होसारमा व्यस्त

फागुन शुक्ल प्रतिपदाका दिन मनाइने ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रमका साथ मनाउँदै छ ।

शेर्पा समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा मनाउँछन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । 

यसअघि पुस १५ गते गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाइसकेका छन् । आज पनि नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू