भारतीय कलाकार हेर्न नगरपालिकाको ८० लाख खर्च

भारतीय कलाकार हेर्न नगरपालिकाको ८० लाख खर्च

रौतहटको मौलापुरमा भारतीय र नेपाली कलाकारहरु पुगेका छन् । मधानी महोत्सवमा सहभागी हुन आएका भारतीय कलाकार गोविन्दालाई ८० लाख रुपैयाँ तिरिएको छ ।

गोविन्दा बिहारको पटना हुँदै हिजो नेपाल आएको बताइएको छ । नगरपालिकाले पारिश्रमिकवापत ८० लाख नेपाली रुपैयाँ बुझाएर नेपाल ल्याइएका गोविन्दासँगै अन्य केही भारतीय कलाकार पनि आएका छन् । महँगो रकम तिरेर भारतीय कलाकार ल्याइएकोमा नगरपालिकाको आलोचना भएको छ ।

महोत्सवको अवसरमा नेपाल आएका भारतीय र नेपाली कलाकारहरुबीच भेटघाट पनि भएको छ । गोविन्दा र पल शाहको भेटमा नेपाली चलचित्र बजारबारे कुराकानी भएको बताइन्छ ।

पलले फेसबुक पेजमा महाशिवरात्रिको शुभकामना दिँदै गोविन्दासँगको तस्बिर सेयर गरेका छन् ।

टिप्पणीहरू