प्रेमीको आत्महत्यापछि रोकिएकी अभिनेत्री विदेश उड्ने

प्रेमीको आत्महत्यापछि रोकिएकी अभिनेत्री विदेश उड्ने
सुन्नुहोस्

बलिउड अभिनेत्री रिया चक्रवर्तीले अब विदेश यात्रा गर्न पाउने भएकी छन् । मुम्बइको उच्च अदालतले उनलाई चार वर्षअघि लगाएको रोकलाई विशेष अदालतले हटाइदिएको हो । रियाले आफू विदेश जान पाउँ भन्दै दिएको रिटमा सुनुवाइ गर्दै न्यायधिश केपी सागरको इजलासले विदेश यात्राको बाटो खुला गरिएको फैसला सुनाएको छ । 

सन् २०२० मा बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा रियाको प्रमुख हात रहेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला शुसान्त र रियाले डेट गरिरहेका थिए । तर आत्महत्यापछि शुसान्तको परिवारले रियालाई प्रमुख दोषी बनाएको थियो । शुसान्तको परिवारले प्रहरीमा उजुरी दिएपछि रियासहित उनका भाइ पनि पक्राउ परेका थिए । करिब एक महिना जेल बसाइपछि उच्च अदालतले रियालाई विदेश यात्रामा रोक लगाउँदै जमानतको फैसला सुनाएको थियो । 

त्यसयता रियाले भारतबाहिर निस्कन पाएकी थिइनन् । विशेष अदालतले विदेश यात्राको प्रतिबन्ध फुकुवा गरेसँगै उनी श्रीलंका जाँदैछिन् । होलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भाग लिन उनी त्यहाँ जान लागेको बताइएको छ ।

टिप्पणीहरू