एमाले अध्यक्ष बैठक सकेर बालुवाटारतर्फ

एमाले अध्यक्ष बैठक सकेर बालुवाटारतर्फ

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार जान लाग्नुभएको छ । बिहान सबेरै बसेको पार्टी सचिवालय बैठकपछि उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न त्यता मोडिन लाग्नुभएको हो ।

यता,रास्वपा सभापति रवि लामिछाने पनि सचिवालय बैठकमा व्यस्त छन् । माओवादीको पदाधिकारी बैठक जारी छ ।

एक जना एमाले सचिव भन्छन्-"धेरै कुरा मिलिसकेको छ । अब माओवादीसामु काङ्ग्रेसको ढोक्साबाट बाहिरिनुको बिकल्प छैन ।" उता माओवादीका एक जना उपमहासचिवले भने काङ्ग्रेसले धेरै हठ र ढिलाइ गर्दा परिस्थिति अर्कै दिशातिर अघि बढिसकेको बताए ।

हिजो साँझ र अबेरसम्म सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरुसँग बालुवाटारमा भएको पटक पटकको छलफलपछि राजनीतिक अवस्था फरक भएको छ । 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आफूहरुसँगै रास्वपा र जसपाबीचको गठबन्धनमा नयाँ सरकार बनाउने सहमति भएको श्रोत बताउँछ ।

टिप्पणीहरू