लभ पार्कमा युएई बस्ने नेपालीहरुको वनभोज

लभ पार्कमा युएई बस्ने नेपालीहरुको वनभोज

नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च युएईले वनभोज कार्यक्रम आयोजना गरेको छ । आज युएईस्थित लभ लेक पार्कमा वनभोज कार्यक्रम आयोजना गरेको जनाएको छ । 

सद्भाव,भातृत्व र एकताको सन्देश बाँड्ने उद्धेश्यसहित कठिन समय व्यवस्थापनका बाबजुद युएईमा रहेका नेपालीहरु वनभोजमा रमाएको मञ्चले बताएको छ । 

मञ्चका अध्यक्ष एवं  कार्यक्रम सञ्चालक बिपिन सापकोटाले विभिन्न परिकारका नेपाली खानाको स्वाद, नृत्य,भलाकुसारी,हाँसो, ठट्टा र उमंगसहित वनभोज कार्यक्रम सम्पन्न गरिएको बताए । 

यस्ता कार्यक्रमले परदेशमा रहेका नेपालीहरुको एकअर्कासँग चिनजान हुने,सुखदुःख साटासाट हुने तथा एक्लोपना र निराशा पनि कम हुने उनको भनाई छ । 

वनभोज कार्यक्रममा युएईका विभिन्न संघसंस्थाका प्रतिनिधि, मञ्चमा आबद्ध सदस्यहरुको बाक्लो उपस्थिति रहेको मञ्चले जनाएको छ । मञ्चले समय समयमा यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएको समेत बताएको छ ।

टिप्पणीहरू