अभिनेत्रीको बिबाहभन्दा लेहेँगाको चर्चा अधिक

अभिनेत्रीको बिबाहभन्दा लेहेँगाको चर्चा अधिक

बलिउड अभिनेत्री रकूल प्रित सिंह बिबाह बन्धनमा बाँधिएकी छन् । दुई वर्षको प्रेम सम्बन्धपछि उनले निर्माता ज्याकी भगनानीसँग लगनगाँठो कसेकी हुन् ।

उनीहरुले गएराति पर्यटकीय नगर गोवाको सामुद्रिक तटस्थित एक रिसोर्टमा बिबाह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिबाहको फोटो सार्वजनिक भएपछि अभिनेत्री रकूलको भन्दा उनले पहिरिएको लेहेंगाले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार रकूलले फेसन डिजाइनर तरूण तहिलियानीले तयार गरेको लेहेंगा लगाइकी हुन् । उनी भारतका सर्वाधिक महंगा डिजाइनरमध्ये एक मानिन्छन् । उक्त लेहेंगाको मूल्य ३५ लाख भारतीय रुपैयाँभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, मूल्य भने खुलाइएको छैन । 

३३ वर्षीया रकूलले सन् २००९ मा ’गिली’बाट चलचित्रमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । अहिले उनी बलिउडकी सर्वाधिक व्यस्त अभिनेत्रीमा पर्छिन् । 

एक व्यवसायी र चलचित्र निर्मातासमेत रहेका रकूलका श्रीमान ज्याकीले ’कठपुतली’, ’गणपत’, ’मिसन रानीगन्ज’, ’बडे मिया छोटे मिया’लगायत चलचित्र निर्माण गरिसकेका छन् ।

टिप्पणीहरू