जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगे सन्दिप

जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगे सन्दिप
सुन्नुहोस्

जबर्जस्ती करणी अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौँको फैसला बदरको माग गर्दै क्रिकेटर सन्दिप लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका छन् । 

आज आफ्ना वकिल सरोजकृष्ण घिमिरेसहित उच्च अदालत पाटन पुगेर उनले पुनरावेदन दिएका हुन् । 

गत पुस १३ गते जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले सन्दिपलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । पुस २५ गते अदालतले उनलाई ८ वर्षको जेल सजाय र ३ लाख जरिवानाको फैसला गरेको थियो ।

टिप्पणीहरू