बेलायती मन्त्रीलाई उजिर सिंहको फोटो

बेलायती मन्त्रीलाई उजिर सिंहको फोटो

नेपाल भ्रमणमा रहेका बेलायती विकासमन्त्री एन्ड्रियु मिचेल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । 

सो क्रममा बेलायती मन्त्री मिचेलले अस्पतालको मातृस्वास्थ्य, शिशुस्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमबारे चासो राख्दै सहयोगको प्रतिबद्धता जनाएको बताइएको छ । अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको सह्राना गर्दै मिचेलले बालबालिकाको पोषण क्षेत्रमा आर्थिक सहयोग बढाउन बेलायत सरकार तयार रहेको जानकारी दिएका छन् ।

त्यसअघि मिचेललाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्वास्थ्य सचिव राजु खनालले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मन्त्रीलाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै मायाको चिनोस्वरुप उजिर सिंहको तस्बिर प्रदान गरेका छन् ।

टिप्पणीहरू