प्रसाईंको अघिल्तिर सरकार मौन,बैंक डुब्ने हल्ला चलाउन पत्रकार सम्मेलन

प्रसाईंको अघिल्तिर सरकार मौन,बैंक डुब्ने हल्ला चलाउन पत्रकार सम्मेलन

मेडिकलका नाममा झण्डै छ अर्ब रिण लिएर ब्याजसमेत नतिरी बसेका दुर्गा प्रसाईंले स-साना ऋणीलाई उराल्ने अभियान जारी राखेका छन् । 

पहिले सहकारी, त्यसपछि लघुवित्त संस्था र पछिल्लो समय बैंकहरुविरुद्ध खनिदै आएका प्रसाईंले भोलि बिहान बैंकहरु डुब्न लागेको भन्दै पत्रकार सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराएका छन् । भक्तपुरको कमेरोटारस्थित निवासमा बिहान ९ बजे डाकिएको पत्रकार सम्मेलनमा उनले नेपालका बैंकहरु यसरी डुब्दैछन् भनेर नक्सा उतार्न लागेको बताइन्छ । 

विभिन्न बैंकसँग उनले व्यवसाय सञ्चालनको निम्ति लिएको ६ अर्ब रुपैयाँ ऋणमध्ये पाँच अर्बभन्दा बढी चुक्ता गर्न बाँकी छ । आफूले लिएको कर्जा नतिरेपछि बैंकहरुको कारबाहीमा पर्न लागेका उनी आफू र आफ्नो व्यवसाय डुबेकोमा भन्दा पनि बैंक डुब्न लागेको प्रचार गर्नमा व्यस्त देखिएका छन् । पछिल्लो समय उनी एनआइसी एसिया बैंकविरुद्ध खरो रूपमा उभिएका छन् । केही समयपछि उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायत व्यवसायीविरुद्ध पनि उत्रिने घोषणा गत साता केही बैंकरसँगको भेटमा गरिसकेका छन् ।

टिप्पणीहरू