दन्त चिकित्सकमा बेलायतको नयाँ भर, तेस्रो मुलुकतिर पलायनको डर

दन्त चिकित्सकमा बेलायतको नयाँ भर, तेस्रो मुलुकतिर पलायनको डर

बेलायत सरकारले अन्य मुलुकबाट त्यहाँ पुग्ने दन्त चिकित्सकलाई विगतको जस्तो औपचारिक परीक्षा उत्तिर्ण हुनैपर्ने व्यवस्थालाई केही समयको निम्ति रोकेको छ । नयाँ व्यवस्थाअनुसार उनीहरुले प्रमाणपत्रको आधारमा आवश्यकताअनुसारको अवसर पाउने छन्  । 

फेब्रुअरीको शुरुमा सरकारले दुई सय मिलियन पाउण्ड ‘नेशनल हेल्थ सर्भिस (एनएचएस) डेन्टल रिकभरी प्लान’ घोषणा गरेको थियो । एनएचएसका निम्ति दन्त चिकित्सकहरुको निम्ति थप रकम प्रदान गर्न सकिने निर्णय बेलायत सरकारले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेलायतमा दन्त चिकित्सकहरुको अभाव भएपछि सरकारले नयाँ उपाय अवलम्बन गरेको बताइन्छ ।

त्यस्तै, ‘डेन्टल भ्यान’ लाई कम कभरेज भएका क्षेत्रमा रोल आउट गरिने योजना बनाइएको छ । सेवा नपुगेका समुदायमा काम गर्ने दन्त चिकित्सकका निम्ति २० हजार पाउण्डको बोनस प्रस्ताव गरिएको छ । दन्त चिकित्सकलाई नगदले प्रोत्साहन गर्ने सरकारले योजना बनाएको हो । 

जनरल डेन्टल काउन्सिलले भने उक्त निर्णय पटके भएको जनाएको छ । काउन्सिलका कार्यकारी निर्देशक स्टेफान सिजेरनियास्कीको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘हामी अझ अघि बढ्न आवश्यक छ । तर, यो अधिकारका लागि हामीले उपयुक्त समयका लागि कुर्नैपर्छ । दन्त क्षेत्रका स्टेकहोल्डर्स र चार राष्ट्रका सरोकारवालाहरुसँग पहिले काम गर्नेछौं ।’

यता, ब्रिटिश डेन्टल एसोसिएसनले भने दन्त चिकित्सकहरुलाई मुलुक छोड्न ’बाध्य’ बनाएको मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । एसोसिएसनका अध्यक्ष एडी क्राउचले एनएचएस दन्त चिकित्सकहरुले सामना गर्दै आएको समस्या पछिल्ला प्रस्तावहरुबाट मात्रै समाधान नहुने बताएका छन् । 

उक्त सम्झौताले चिकित्सकहरुलाई एनएचएसबाट बाहिर निस्कन बाध्य बनाउने उनको भनाइ छ । ‘विदेशी दन्त चिकित्सकहरु बेलायतका सहकर्मीभन्दा असफल प्रणालीमा टाँसिन चाहँदैनन् । त्यसैले मन्त्रीहरुले चुहिने बाल्टी भर्ने प्रयास रोकेपनि हुन्छ’, उनले भने ।

टिप्पणीहरू