डाक्टरको लाइसेन्स परीक्षामा ४४ प्रतिशत फेल

डाक्टरको लाइसेन्स परीक्षामा ४४ प्रतिशत फेल

नेपाल मेडिकल काउन्सिलले चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को नतिजा सार्वजनिक गरेको छ । 

काउन्सिलले हिजो सार्वजनिक गरेको ६८औं लाइसेन्स परीक्षाको नतिजाअनुसार मेडिकल र डेण्टलतर्फ गरी कुल ५६ दशमलब ६८ प्रतिशत उत्तीर्ण भएका छन् । 

परीक्षामा दुई हजार २२ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये एक हजार १४६ जना पास भएको काउन्सिलले जनाएको छ । मेडिकलतर्फ एक हजार ७३७ जनाले परीक्षा दिएकोमा नौं सय ७२ जना उत्तीर्ण भएको बताइएको छ । 

त्यस्तै, डेण्टलतर्फ दुई सय ८५ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये एक सय ७४ जना परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जानकारी दिएको छ । 

परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने समेत जनाइएको छ ।
 

टिप्पणीहरू