विद्यार्थीहरु भाइरल ज्वरोले थलिएपछि विद्यालय बन्द

विद्यार्थीहरु भाइरल ज्वरोले थलिएपछि विद्यालय बन्द

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । पालिकाका बालबालिका अधिकांलाई भाइरल ज्वरो र रुघाखोकीले सताउन थालेपछि विद्यालयहरु बन्द गरिएका छन् । अत्यधिक चिसोका कारण विद्यार्थीहरुमा ज्वरो, रुघाखोकीलगायत गम्भीर स्वास्थ्य समस्या देखिएपछि विद्यालय बन्द गर्न थालिएको बताइएको छ ।

वडा नम्बर १ स्थित रुपाली आधारभूत विद्यालयका अधिकांश विद्यार्थी बिरामी भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । हिजोबाट विद्यालय बन्द गरिएको गाउँपालिका कार्यालयका नायव सुब्बा कुमेरबहादुर शाहीले बताए । 

अन्य विद्यालयका विद्यार्थीमा पनि स्वास्थ्य समस्या देखिन थालेको उनले बताए । ‘उक्त विद्यालयका धेरै विद्यार्थी बिरामी भएका छन् । ज्वरो र रुघाखोकीले सताएको छ । हिजोदेखि विद्यालय बन्द छन् । अन्य विद्यालयका विद्यार्थी पनि बिरामी परिरहेको जानकारी आएको छ’, शाहीले जानकारी दिए ।

टिप्पणीहरू