विपन्न बिरामी सबैको काठमाडौंमा निःशुल्क उपचार

विपन्न बिरामी सबैको काठमाडौंमा निःशुल्क उपचार

काठमाडौं महानगरपालिकाले मुुलुकभरका विपन्न बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । मेयर बालेन्द्र साह (बालेन) ले जुनसुकै पालिकाका विपन्न, गरिब, असहाय बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् । 

महानगरले राजधानीका ५२ वटा अस्पतालमा त्यस्ता बिरामीको उपचार गर्न ३७४ बेड रहेको जानकारी पनि दिएको छ । सम्बन्धित पालिकाबाट विपन्न नागरिकको सिफारिससहित काठमाडौं महानगरमा सम्पर्क गरेपछि उक्त सुविधा लिन सकिने जानकारी दिइएको छ ।

‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब बिरामी नागरिकहरुले आफ्नो पालिकाबाट विपन्न, अशायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आज सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’ 

मेयर शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

टिप्पणीहरू