मालदिभ्सको संसदमा कुटाकुट, सांसदहरु घाइते

मालदिभ्सको संसदमा कुटाकुट, सांसदहरु घाइते
सुन्नुहोस्

मन्त्रिपरिषदका सदस्य नियुक्तिको विषयलाई लिएर माल्दिभ्सको संसदमा झडप भएको छ । सत्तापक्षले गर्न लागेको मन्त्री नियुक्तिको प्रस्तावको विपक्षीले प्रतिवाद गरेपछि झडप भएको हो । 

चीननिकट भनेर चिनिएका प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठवन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्ताव संसदमा लगिएको थियो । तर, भारत पक्षधर भनिएको प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले उक्त प्रस्तावको विरोध गरेपछि सांसदहरु कुटाकुटमा उत्रिएको जनाइएको छ । 

संसदमा भएको झडपको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । बिबिसीले उल्लेख गरेअनुसार प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषयमा झडप हुँदा सत्ता र प्रतिपक्षीका सांसदहरुबीच हात नै हालाहाल भएको थियो । 

कुटपिटबाट केही सांसदहरुको टाउको चोट लागेको र उनीहरुलाई अस्पताल पुर्याइएको बताइएको छ ।

टिप्पणीहरू