चितवनको गोठमा आगलागी, लाखौंको क्षति

चितवनको गोठमा आगलागी, लाखौंको क्षति

चितवनको एउटा गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । राप्ती नगरपालिका–४, डडुवास्थित नेत्रराज पाण्डेको घर नजिकैको गोठमा भएको आगलागीमा पाँच लाख बराबरको क्षति भएको बताइन्छ । 

आज साँझ ६ बजेको समयमा लागेको आगलागीबाट लत्ता कपडा र अन्नभण्डार जलेर नष्ट भएको छ । आगलागीलगत्तै प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानीय र दमकलको आधा घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको छ । 

बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगालागीमा मानवीय क्षति भएको छैन ।

टिप्पणीहरू