गडएन्जेलको सगरमाथा तपस्या झुटो ठहर

गडएन्जेलको सगरमाथा तपस्या झुटो ठहर
सुन्नुहोस्

भद्रगोल किराती

विश्वको शिर सगरमाथामा अहिलेसम्म हजारौंले सफल आरोहण गरेका छन। अनेकौं रेकर्डहरु बनाउने होड निरनतर चलिरहेको छ। यसैक्रममा पहिले नेपाली अहिले क्यानडियन नागरिक(भकुरा)भक्त्त कुमार राई "स्वर्गिकदुत सत्गुरु ओमनन्द" पछील्लो समय आफुलाई सुप्रिम मास्टर गडएन्जेल भनिने एक जना ठगले सगरमाथाको चुचुरोमा ३२ घण्टा २७ मिनेट तपस्या गरेको भनेर ब्यापक प्रचार गरेका छन। लोकसेवा आयोग खरिदार परिक्षा सारथी पुस्तकको लेखक टंक केशीले समेत आफ्नो पुस्तकमा २०६८ जेठ ६ र ७ सम्म उक्त तपस्या गरेको भनी उल्लेख गरेका छन।

पर्यटन बिभागले लेखक कार्किलाई स्पष्टिकरण लिदा उनले गोर्खापत्रको समाचारको आधारमा लेखेको बताए । गोरखापत्रले भने आरोहणदलका शेर्पाबाट सूचना लिएको उल्लेख छ। पुर्बिय दर्शन भन्ने पुस्तकका लेखक डा भक्त्त राईले पनि २०७४ मा प्रकाशित आफ्नो पुस्तकको १४१ पेजमा २० मई २०११ मा ३२ घण्टा २७ मिनेट कठोर तपस्या गरेको उल्लेख छ। यही पुस्तक त्रिभुवन विश्व बिधालयको संस्क्रिती बिभागमा सन्दर्भ सामाग्री पुस्तकको लिस्टमा समेत समेटिएको छ।        

यो कथित तपस्यालाई झुटो हो भनी पर्यटन बिभागले २०८०-०५-०४ गते च.नं.२१५ रहेको लिखित सूचना हामीलाई दिएको छ। संस्क्रिती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बिभाग संग सूचना माग्दा निज भक्त्त कुमार राईले सगरमाथाको चुचुरोमा ३२ घण्टा २७ मिनेट समय बिताई कृतिमानी गरेको पुष्टी भएको अभिलेखबाट देखिएन भनेको छ ।

रोचक बिषय के छ भने सगरमाथा समेत चढ्दै नचडी डिजिटल प्रबिधिको प्रयोग गरी बनाएको फर्जी फोटो र रिपोर्ट बुझाएर आरोहण गरेको प्रमाण-पत्र भने लीन सफल भएका छन। तत्कालिन उपसचिव कमल प्रशाद भट्टराई र अधिक्रित कोमल प्रशाद अधिकारीको हस्ताक्षर रहेको २०११-६-१७ जारी प्रमाणपत्रमा "८८४८ मिटर अग्लो सगरमाथा (Mt.Everest) हिमाल २०११-०५-२० गते सफलता पूर्वक आरोहण गरेको हुँदा यो प्रमाण-पत्र प्रदान गरिएको छ।"

जारी प्रमाण-पत्रको मिती हेर्दा चडेको भनिएको मिती र प्रमाण-पत्र लिएको मितिमा एक महिना समय लागेको देखिन्छ। अन्य सफल आरोहीहरुले प्रमाण-पत्र छोटो समयमै लिने गरेका छन। उनलाई किन यतिका ढिलो भयो?

अझै गम्भिर कुरा त हाल क्यानडियन भएका "भकुरा" त्यो समयमा नेपाली नागरिकनै रहेका थिए। जिल्ला प्रशासन कार्यालय उदयपुरबाट २०५७ कार्तिक ७ मा प्रजिअ देबनारायण यादब द्वारा जारी नेपाली नागरिकता प्रमाणपत्रमा उनको नाम भक्त कुमार राई, ठेगाना मैनामैनि-२ उल्लेख छ। २०६७ साउन ४ मा प्रजीअ झलकराम सुबेदीबाट पुन: नागरिकताको प्रतिलिपी लिएका थिए। त्यहाँ भने उनको नाम भक्त कुमार राई संगै "स्वर्गिकदुत सत्गुरुॐनन्द" थपिएको छ।

सगरमाथाको सफल आरोहण गरी दिएको प्रमाण-पत्रमा "माननिय भक्त कुमार राई गडएन्जल बालतपस्वी सत्गुरु ॐनन्द" नाम उल्लेख गरेर दिएको छ। यि माथिका सबै कुरालाई नियाल्दा अख्तियारको चरम दुरुपयोग भएको छ।

माननीय जस्तो गरिमामय ओहोदालाई ठग ढाटहरुको अगाडी नेपाली कर्मचारीहरुले कत्ती मुल्यमा लेखिदिएका हुन? एउटा टपरटुइया सो कथित गडलाई नेपाली नागरिकतामै "स्वर्गिकदुत सत्गुरु ॐनन्द" सिडियोले थपेर लेखिदिने हो भने भोली नागरिकतामा नाम नअट्ने हुन सक्छ। नाम कसरी थपियो? थप्न मिल्छ कि मिल्दैन? जस्ता गम्भिर प्रश्न देखिन्छ ।

 

सगरमाथा नचढी, ३२ घण्टा २७ मिनेट चुचुरोमा तपस्या गरेको दाबी गर्ने भकुरा को हुन त?

उनी २०३७ चैत्र १७ गते उदयपुरको साबिक मैनामैनी गाबिस- २ मा जन्मिएका हुन। निमाबी सम्म पढेका भकुरा, पूर्वमन्त्री गोपाल किरातीको तत्कालिन किरात वर्कर्स पार्टीमा १५ महिना जती काम गरेर ४० हजार लिएर भागेका थिए। त्यो बेला शाहीसेनाले पक्रेर सुराकी समेत बनाएको थियो।        

कालेबुङको मङ्पु चर्चमा क्रिस्चियन बनी केही समय बसी बाईबल अध्ययन गरे पछी नेपालका बिभिन्न धर्मगुरुहरु संग भेटे र आफ्नै एउटा धार्मिक पसल खोल्न पुगें । जस्लाई "स्वर्गिक मार्ग संघ नेपाल" नाम राखेर नं. ४३६-६१/६२ काठमाण्डौ जिल्ला प्रशासनमा दर्ता गरे। कालान्तरमा सोझा, ईमान्दार नेपाल र बिदेशका नेपालीहरुलाई स्वर्ग, नर्क, लोभ, पाप, धर्म आदिको ब्यापार गर्दै लाख, करोड हुँदै अरबको सम्पत्ति जोडन सफल भएका छन।  

बिशेषगरी किरात राई र अन्यको मौलिक संस्कार संस्कृतिमाथि प्रत्यक्ष क्षती पुर्याइरहेको छ। राईहरुको आस्थाको केन्द्र सुप्तुङ(तिनचुलो)भत्काउन लगाउने, बलिप्रथाको ब्यापक बिरोध गर्ने, शिकारी युग हुँदै बिकशित भएको मानब सभ्यतालाई खिल्ली उडाउने। जन्म, विवाह, मृत्यु संस्कार आदीको मौलिकताको बिरोध गर्दै नयाँको नाममा उट्पट्याङ टिपन टापन कपी गरिएका संस्कार लादने आदी गरेको छ।

कथित गड भकुराले दुई भन्दा धेरै देशको नागरिकता लिएका थिए । ९ बर्ष अघी उनको नागरिकताको वास्तविकता आम-संचारको माध्यमहरुमा छरपष्ट भएपछी आफ्नै नाममा रहेको धरान उप-महानगरको करोडौं पर्ने जमिन भरोसायोग्य ब्याक्ति शिलादेबी राईको नाममा दुई कट्ठा एक धुर २०७२ चैत्र १७ गते बेचे जस्तो गरी नामसारी गरेका थिए।

जमिन बेचेको ६ दिनमा उदयपुरको प्रमुख जिल्ला अधिकारी समक्ष नेपाली नागरिकता त्याग गर्न आवस्यक भएको हुँदा त्याग गरेको निबेदन सहित नागरिकता २०७२ चैत्र २३ गते फिर्ता गरेका थिए। त्याग्नुपर्ने कारणमा आफुले क्यानडियन नागरिकता प्राप्त गरेको उल्लेख गरेका छन। त्याग गर्नु अघी धेरै बर्ष दोहोरो कागजपत्र प्रयोग गरी कानुनको खिल्ली उडाएका थिए। भकुराले अहिले पनि कत्तिपय कामहरुमा फिर्ता गरेको नागरिकताको फोटोकपी प्रयोग गर्दै आइरहेका छन। जुन गैर कानुनी हो। भारतको कालेबुङमा मान्छे मारेका थिए।  

"सुँगुर कुखुरा आदिको बली नचढाउ" भन्दै किरात समुदायलाई अर्ती दिने हेभेन्ली पाथले ज्यूदै किरातिको भने बली चढाएको छ। स्वर्गिकमार्ग(हेभेन्लिपाथले)भारत कालेबुङ बेन्दा बस्तिमा २८ डिसेम्बर २००६ का दिन धार्मिक कार्यक्रम आयोजना गरी फलाम सिङ चाम्लिङ राईको निर्मम हत्या गरेका थिए। गुरु र उनको काम माथि प्रश्न गरेका फलाम सिङलाई छोडा बोक्साको आरोप लगाई भाटाले कुटी,आगोमा तेल लगाएर सेकाएर अकल्पनिय तरिकाले हत्या गरेका थिए।

घटनाको दिनै फलाम सिङका श्रीमती बिष्णुमाया राईले पतिको हत्याको उजुरी कालेम्पोङ थानामा दिएका थिए। उक्त हत्याकाण्डमा संलग्नहरुको नाम सहित दिएको निबेदनमा ॐनन्द गुरुको संस्था र गुरुको नाम चार ठाउमा उल्लेख गरिएको छ। ॐनन्दकै निर्देशनमा बोलाएर हत्या गरिएको कुरा प्रारम्भिक निबेदनमा उल्लेख छ।

उक्त मुद्दा अहिले पनि कालेबुङ अदालतमा चलिरहेको छ। कत्ती अपराधी फरार छन भने कत्ती तारिखमा छुटेका छन। गुरु भनिने ॐनन्द क्यानडियन भकुरा भने सिक्किमको नन्दुगाँउमा सिक्किम सरकारको राजकिय पाहुना भएर बसिरहेका छन।    

क्रिसमस र अङ्ग्रेजी नयाँ साल बिचको समय उपयोग गर्दै त्यो कार्यक्रम आयोजना गरिएको थियो। तीन दिने उक्त कार्यक्रममा नेपाल, दार्जीलिङ र सिक्किमबाट समेत उपस्थिती रहेको थियो। यही कार्यक्रमको निरन्तरता अहिले जनवरी १ तारिखका दिनमा दु:ख हरण पूजाको नाममा आयोजना गरिरहेका छन।

गत १ जनवरी २०२४ को कथित दु:ख हरण पूजा झापा जिल्लाको कमल गाँउपालिका पाडाजुङ्गे स्थित हेभेन्लिपाथको कार्यालयमा पूर्व प्रदेशमन्त्री, माननीय ईन्द्र आङ्बो "मौशम"को प्रमुख आतिथ्यता र भकुराको उपस्थितिमा भएको थियो। झापा जिल्ला प्रशासनको सिडियोका अनुसार बिना अनुमती उक्त कार्यक्रमको आयोजना गरिएको थियो।  बिदेशी नागरिक सहभागि हुनु कानुनी नजरमा गैर कानुनी थियो। यस्ता बिबादास्पद ब्याक्ती सहभागि कार्यक्रममा माननीय, पूर्व मन्त्री सहभागि हुनुले भकुरा संग साठगाठ त छैन जन-साधारणले शंङ्का गर्ने ठाउँ भएको छ ।  

माओवादीले द्वन्दको बेला "ठग एन्जेल" भकुरालाई अपराधी भनेर भोजपुरको घोडेटारमा  झण्डै ज्यान जानेगरि भाटे कारभाही बिगतमा गरेका थिए। आज उनकै हातबाट माओवादी नेता आङ्बोले मुस्कुराउदै सुनौलो सम्मान-पत्र लिएपछी बिगतको आँफैले गरेको जनकारभाही माफ भएको वा गलत थियो? प्रत्यक्ष देख्नेहरुले भन्दैछन। जनयुद्द क्रान्ति यस्ता ठगहरुबाट सुनौलो रङको सम्मानपत्र लिनकै लागी थियो माननीय कमरेड ?

टिप्पणीहरू