‘डिमान्डेड’ गायक प्रकाशसँग जमेकी कुशुम

‘डिमान्डेड’ गायक प्रकाशसँग जमेकी कुशुम

प्रकाश सपुत अहिलेका ‘डिमान्डेड’ गायक हुन् । बजारमा के बिक्छ, उनलाई राम्ररी थाहा छ । बजारले खोजेजस्तो गीत र कन्टेण्ट दिन उनी माहिर छन् । जसको पछिल्लो उदाहरण हो, ‘मुटु कटक्कै’ । 

यतिबेला यो गीत युट्युबमा ट्रेन्ड्रिडको शीर्ष स्थानमा छ । भिडियोलाई अहिलेसम्म ४२ लाखभन्दा बढीले हेरिसकेका छन् । भिडियोमा प्रकाशले मोडल कुशुम शर्मासँग स्क्रीन शेयर गरेका छन् । 

कुशुम ती नै मोडल हुन्, जसलाई प्रकाशले यसअघिको गीत ‘सकम्बरी’को भिडियोबाट डेब्यु गराएका थिए । रोचक प्रसङ्ग के छ भने, कुशुमलाई ‘सकम्बरी’ बाट डेब्यु गराउनुमा प्रकाशका भाइ सुनिल विश्वकर्माको ठूलो योगदान छ ।

प्राइम एचडी टेलिभिजनको अन्तवार्तामा यो कुरा उनीहरु आफैंले विस्तारमा खुलाएका छन् । त्यतिबेला सुनिलले नै कुशुमलाई दाइ प्रकाशसँग भेट गराएका थिए । किनकि, सुनिल र कुशुम चल्तीका ‘बेस्टफ्रेन्ड’ थिए । 

उनीहरु प्रेम सम्बन्धमा रहेको र रोमान्स गरेको निकै चर्चा थियो । उनीहरु गोप्य तरिकाले घुम्न गएका तस्वीरहरु सार्वजनिक नभएका पनि होइनन् । खैर, जे सुकै होस् । अहिले उनै कुशुमसँग दाइ प्रकाशले पनि रोमान्स गरिरहेका छन् । त्यो भलै, ‘रील’ मै किन न होस् । 

दर्शकहरुले यस्तो भाष्य निर्माण गरिसकेका छन् कि ’रियल’मा भाइले रोमान्स गर्ने, ‘रील’मा दाइले । जे भए पनि, ‘मुटु कटक्कै’ सफल भएकोमा यतिबेला प्रकाश र कुशुमलाई दर्शकहरुको तर्फबाट बधाईको ओइरो लागेको छ ।

टिप्पणीहरू