'कल्की २८९८ एडी'को रिलिज मिति घोषणा

'कल्की २८९८ एडी'को रिलिज मिति घोषणा

बहुप्रतिक्षित मानिएको चलचित्र 'कल्की २८९८ एडी'को रिलिज मिती घोषणा गरिएको छ । निर्माण पक्षले यो चलचित्र आगामी मे ९ गते रिलिज गर्ने घोषणा गरेको हो । 

६ महिनाअघि टिजर सार्वजनिक भएपछि दर्शकहरुले यस चलचित्रको व्यग्र प्रतिक्षा गरिरहेका थिए । रेबल स्टार प्रभास र दीपिका पादुकोणको मुख्य भूमिका रहेको यस चलचित्रलाई नाग आश्विनले निर्देशन गरेका हुन् । 

चलचित्रमा अभिताभ वच्चन, कमल हसन र दिशा पटानीको पनि मुख्य भूमिका रहेको बताइएको छ । तर सार्वजनिक भएको टिजरमा भने प्रभास र दीपिकालाई मात्र केन्द्रमा राखिएको छ । 

चलचित्रले हजार वर्षअघिको कथा भन्ने निर्माण पक्षको जनाएको छ । 

त्यसो त प्रभास अभिनित चलचित्र भन्नसाथ दर्शकहरु निकै उत्साहित हुने गर्छन् । तीन साताअघि मात्र रिलिज भएको प्रभासको 'सलार'ले हालसम्म नौ सय करोड कलेक्शन गरिसकेको छ । अब 'कल्की २८९८ एडी'ले दर्शकहरुलाई कत्तिको प्रभाव पार्छ, त्यो भने रिलिज पछि थाहा हुनेछ ।

टिप्पणीहरू