गोल्डेन ग्लोब अवार्डको पाँच पुरस्कार 'ओपेनहाइमर'लाई

गोल्डेन ग्लोब अवार्डको पाँच पुरस्कार 'ओपेनहाइमर'लाई

हलिउड फिल्म ‘ओपेनहाइमर’ गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट चलचित्र बनेको छ । 

अमेरिकाको लसएन्जलसमा आयोजित गोल्डेन ग्लोब अवार्डमा विभिन्न पाँच विधाको उपाधि जित्दै ‘ओपेनहाइमर’ सन् २०२३ को उत्कृष्ट फिल्म घोषित भएको हो । क्रिस्टोफर नोलेनको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको हो । 

चलचित्रका प्रमुख कलाकार सिलियन मर्फेले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने निर्देशक नोले उत्कृष्ट निर्देशक बने । अभिनेता रोबर्ट डोनरी जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ को अवार्ड जितेका छन् । 

चलचित्रले ‘वेस्ट स्कोर’को अवार्ड पनि जितेको छ । यस चलचित्रले विश्वभरबाट ९ सय ५४ मिलियन अमेरिकी डलर कमाएको थियो ।

टिप्पणीहरू